Karnali Media
२०८३ असार १ , सोमबार

पूर्वप्रधानमन्त्री प्रचण्ड जुम्लामा



जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जुम्ला आइपुगेका छन् ।

प्रचण्डले जुम्लाको सिंजा कनकासुन्दरीको गोरुचौरमा आयोजना हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


अध्यक्ष प्रचण्डले खस भाषा र सभ्यताको केन्द्र सिंजा कनकासुन्दरी र मुगुको रारा क्षेत्र पनि अवलोकन गर्ने कार्यक्रम तय भएको छ । प्रचण्ड आजै काठमाडौं फर्किने छन् ।

प्रकाशित मिति : २०८१ कात्तिक ५ गते सोमबार