Karnali Media
२०८३ असार १ , सोमबार

कर्णाली मिडियाकर्मी जगत सापकोटामाथी आक्रमण, वियरको बोतल प्रहार



सुर्खेत । वीरेन्द्रनगरमा पत्रकारमाथि आक्रमण भएको छ । कर्णाली मिडियाका पत्रकार जगत सापकोटामाथि अपरिचित व्यक्तिले वियरको बोतल र सिसाको ग्लासले आक्रमण गरेको छन् ।

घटना मंगलबार बेलुकाको हो । साढे ७ बजेतिर वीरेन्द्रनगरको एरचोकमा रहेको मोक्ष थकाली रेस्टुरेन्टमा सापकोटा आफ्ना साथिहरुसँग कफी पिउन भनेर गएका थिए ।

बसिरहेका बेला मदिराले मात्तेका अपरिचित व्यक्तिले सापकोटामाथी आक्रमण गरे । पत्रकार सापकोटाले कुनै चिनजानै नभएको व्यक्तिबाट आफुमाथि आक्रमण भएको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी समेत दिएका छन् ।

साथै सिसिटिभीसहितको डिटल विवरण समेत प्रहरीलाई बुझाइएको भएपनि प्रहरीले आक्रमण गर्ने व्यक्तिलाई अहिलेसम्म पक्राउ गर्न सकिरहेको छैन ।

सापकोटाले भने, ‘म माथि आक्रमण भएको केही मिनेटमै हामीले प्रहरीलाई खबर गरेका थियौँ । मिनेटमा नगर प्रहरीबाट एसआई गगन बहादुर (जिबी) सिंहको नेतृत्वमा प्रहरीको टोली पुग्यो । प्रहरी आउँदासम्म घटनामा संलग्न ३ जनामध्ये २ जना घटनास्थलमै रहेको र आक्रमण गर्ने व्यक्ति समेत घटनास्थलबाट भागेर धेरै टाढासम्म नपुगेको अवस्थामा प्रहरीले पक्राउ गर्न चाहेन ।’


उल्टै घटनामा संलग्नलाई पक्राउ नगर प्रहरीले भगाउने प्रयास गरेको सापकोटाको भनाइ छ ।

वियरतको बोतल र ग्लासले सापकोटाको टाउको काटिएको र पाँचवटा टाँका लागेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव निरीक्षक वीरेन्द्रविर विश्वकर्माले सापकोटामाथि आक्रमण गर्ने व्यक्ति वीरेन्द्रनगरको डोढेखालीका २८ वर्षीय दिपेश गिरी रहेको बताए । गिरीसँग अन्य व्यक्तिहरु पनि थिए । गिरी फरार रहेको र उनको खोजी कार्य भइरहेको उनको भनाइ छ ।

‘आक्रमण गर्ने व्यक्ति फरार छ, हामीले उसको परिवारलाई सम्पर्कमा आउन भनेका छौँ,’विश्वकर्माले भने, ‘प्रहरी उनको घरमा समेत पुगेको छ ।’

प्रकाशित मिति : २०८१ कात्तिक ७ गते बुधबार