आज देशभर चेलीबेटीले दाजुभाइलाई ‘सप्तरंगी’ टीका लगाइदिएर भाइटीका मनाउँदै छन् । नेपालीहरूको महान् चाडमध्ये भाइटीका पनि एक हो । यस चाडले चेलीबेटी र माइतीबिचको प्रगाढ सम्बन्धको महत्त्व प्रतिबिम्बित गर्छ ।
चेलीबेटीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै तेल र दुबोले पुजेर, मखमली, सयपत्रीको मालासँगै सप्तरंगी टीका लगाइदिन्छन् भने दाजुभाइले पनि आफ्ना चेलीबेटीको आशीर्वादलाई खुल्ला हृदयले स्विकार्छन् । त्यसैले यो दिन खास छ ।
भाइटीकाको शुभ साइत ११ः३७ बजे
यस वर्षको भाइटीकाको शुभ साइत आइतबार ९आज० बिहान ११ः३७ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने र नेवार समुदायले मनाउने किजापूजा पनि आजकै दिन गर्नुपर्ने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।
यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठुलो चाड तिहार कात्तिक १३ गते मंगलवारदेखि सुरु भएको हो । कात्तिक १३ गते मंगलवार धन त्रयोदशी ९धनतेरस० पर्व मनाइएको थियो । यमदीपदान भने कात्तिक १४ गतेदेखि बुधवार मनाइ सकिएको छ । कागतिहार पनि यमदीपदानको दिन बुधवार मनाइएको थियो । आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधवार नै मनाइएको थियो ।
कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ गते बिहीबार मनाइसकिएको छ। कात्तिक १६ गते शुक्रवार औँसी परेको थियो । त्यस दिन भने तिहारको कुनै पर्व नपरेको समितिले जनाएको छ ।
यस्तै कात्तिक १७ गते शनिवार गाई गोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हली तिहार, म्ह पूजा र नेपाल संवत् ११४५ प्रारम्भ भएको थियो । यसै गरी कात्तिक २२ गते बिहीबार छठ पर्व परेको समितिले जनाएको छ ।
संवाददाता । आइतबार, कार्तिक १८, २०८१ मा प्रकाशित