Karnali Media
२०८३ असार १ , सोमबार

रानिमत्ता फोर्स दुर्घटनाः मृतकको संख्या ४ पुग्यो, ३० जना घाइते



दैलेख । रानिमत्तामा भएको गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

बिहीबार दिउँसो दैलेखबाट सुर्खेत आइरहेको कर्णाली प्रदेश ०२००१ ख ९९८ नम्बरको हायस गाडी सुर्खेत र दैलेखको सीमानामा पर्ने रानिमत्तामा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी दैलेखको भैरबी गाउँपालिका–५ का गाडी चालक ३८ वर्षीय सुरेश केसी, भैरबी गाउँपालिका–२ का ३६ वर्षीय कर्णबहादुर विष्ट, भैरबी गाउँपालिका–२ कै १६ वर्षीया दीपिका महतारा र २१ वर्षीया संगीता विष्टको मृत्यु भएको हो ।


गुडिरहेको गाडी सडकबाट अन्दाजी एक सय मिटर तल खसेको सुर्खेतका प्रहरी प्रमुख एसपी रुपेश खड्काले जानकारी दिए ।

गाडीमा सवार ३४ जना यात्रुमध्ये ३० जना घाइते छन् ।

प्रहरीका अनुसार सबैको अवस्था मध्यम छ । घाइतेहरूको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको एसपी खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ कात्तिक २३ गते शुक्रबार