सुर्खेत । पलाँता गाउँपालिका-३ राडुनेटामा भएको बोलेरो दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १२ जना गम्भीर घाइते भएका छन् । पलाता गाउँपालिका-५ खिनबाट थिर्पुतर्फ जाँदै गरेको क. १ ज. ५६ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट खस्दा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार अनुसार मृतकको पहिचान खुलेको छ । मृत्यु हुनेमा पलाँता गाउँपालिका कालिकोट-६ कि दसकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही, पलाता गाउँपालिका ५ कि छाया शाही र वडा नम्बर ३ का दमन रोकाया रहेका छन् । उनीहरूको घटनास्थल मै मृत्यु भएको हो । यस्तै उपचारका क्रममा सवारी चालक धनिराम रावतको पनि निधन भएको छ ।
यसैगरी घाइते १२ जना घाइते भएका छन् । घाइते हुनेहरूमा पलाता गाउँपालिका कालिकोट-६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतीक्षा शाही, आशिष रोकाया, निर्मला रोकाया, जगत रोकाया र भूपेन्द्र रोकाया रहेका छन् ।
यसैगरी पलाता गाउँपालिका ५ का दोली बिक, आयुशा बिक र वडा नम्बर ३ का दान बहादुर रोकाया पनि घाइते भएका छन् ।
घाइते सबैको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।
संवाददाता । आइतबार, कार्तिक २५, २०८१ मा प्रकाशित