सुर्खेत । लक्ष्मी सनराईज बैंकले आफ्नो डिजिटल डिसेम्बर पहल अन्तर्गत डिजिटल वित्तीय सचेतना फैलाउने उद्देश्यले विरेन्द्रनगरका डिजिटल संवाद कार्यक्रम गरेको छ ।
कार्यक्रममा व्यापारी, कर्मचारी, प्राध्यापक, जनप्रतिनिधी तथा अन्य सरोकारवाला पक्षसँग डिजिटल संवाद गरिएको थियो । बैंकले चालु डिसेम्बर महिनामा डिजिटल कारोबारलाई प्रवर्द्वन गर्ने उद्देश्यले विभिन्न अफर, अभियान तथा अन्तरकृयाहरु गरी डिजिटल डिसेम्बरका रुपमा मनाईरहेको छ । यसै सन्दर्भमा बैंकले वीरेन्द्रनगरका विभिन्न व्यवसायी, शिक्षक, विद्यार्थी, प्राध्यापक, कर्मचारी लगायतको उपस्थितिमा डिजिटल कारोबारका सहजता र समस्याका विषयमा विमर्श कार्यक्रम गरेको जनाएको छ ।
विरेन्द्रनगरका विभिन्न व्यवसायी तथा पेशाकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रममा नेपाल राष्ट्र बैंक सुर्खेत कार्यालका उपनिर्देशक बाबुराम कोइराला ले डिजिटल भुक्तानी र कारोबार आजको युगमा महत्त्वपूर्ण बन्दै गएको अवस्थामा यसबाट हुनसक्ने स्क्याम तथा अन्य ठगीबाट बच्न ग्राहकहरु सचेत बन्नुपर्ने कुरामा जोड दिए ।
सो डिजिटल संवाद कार्यक्रमको प्यानल डिस्कशनमा बोल्दै मध्यपश्चिम विश्वविद्यालयका व्यवस्थापन संकायका डिन दिप बहादुर रावलले विश्वविद्यालयका विभिन्न पाठ्यक्रमलाई समेत परिमार्जन गर्दै डिजिटल बैँकिङ्ग प्रविधिहरु सम्बन्धी कक्षाहरु पनि सञ्चालन गर्दै लागिने बताए । त्यस्तै, नेपाल प्रहरी साइबर सुरक्षा व्युरोका प्रतिनिधि प्रहरी सहायक निरीक्षक शशि कुमार वि।क।ले डिजिटल ठगी र यसबाट बच्न अपनाउनु पर्ने सावधानीहरुका बारेमा जानकारी दिएका थिए ।
साथै सुर्खेत उद्योग वाणिज्य संघका कार्यालय प्रमुख गणेश कार्की, सुर्खेत युवा उद्यमी फोरमका प्रथम उपाध्यक्ष लक्ष्मी कार्की तथा विरेन्द्रनगर नगरपालिका वडा नं। ६ का वडा सदस्य मिरा पन्त बोहोराले व्यवसायी तथा जनसमुदायमा डिजिटल बैंकिंगको बढ्दो प्रयोग र यसमा देखिएका समस्याबारे आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा इ९सेवाको तर्फबाट कर्णाली प्रदेशका सेक्टर लिड आविस्कार भण्डारी र नयाँ डिजिटल युगको प्रविधि orangeNXT को तर्फ बाट युनुस जोशीको पनि डिजिटल बैँकिङ्ग बारे प्रस्तुति रहेको थियो ।
कार्यक्रममा लक्ष्मी सनराइज बैंकका डिजिटल च्यानल अपरेशन्स विभाग प्रमुख सुमन प्रसाद गेलाल, लक्ष्मी सनराइज बैंकका कर्णाली प्रदेश प्रमुख दिवाकर दत्त जोशी लगायत अन्य पदाधिकारीको उपस्थिति रहेको थियो ।
संवाददाता । आइतबार, पुष ०७, २०८१ मा प्रकाशित