Karnali Media
२०८३ साउन १ , शुक्रबार

सुर्खेत हस्पिटलमा पाठेघरको जटिल अप्रेसन सफलताका साथ सम्पन्न!



सुर्खेत । कर्णाली प्रदेश को राजधानी सुर्खेतमा प्राईभेट अस्पतालहरुमा सोचे अनुसारको स्वास्थ्य सेवा नभईरहेको अवस्थामा यस अस्पतालको प्रसुति तथा स्त्रीरोग विभागले आफ्नो सेवा विस्तार गरेको छ।
हालै मात्र स्त्रीरोग विशेषज्ञ डा. धर्मराज रेग्मी द्वारा दुई जना महिलाको पाठेघर निकाल्ने अप्रेसन (Hysterectomy) सफलतापुर्वक सम्पन्न गरेका छन।

अप्रेसन गरिएको मध्ये एक जना महिला अस्पताल वाट डिस्चार्ज भईसकेको र एक जना डिस्चार्ज हुने क्रममा छन।पाठेघरको मुखमा घाउ भएको तथा पाठेघरमा टयुमर पलाएको कारण दुबै जनाको पाठेघर निकालिएको डा. रेग्मीले बताए।
हाल प्रदेश अस्पताल कालागांउ मा कार्यरत डा. रेग्मी दैनिक रुपमा जटिल सुत्केरी, CS, तथा अन्य अप्रेसन सेवा दिदै आउनु भएको छ।


कार्यालय समय बाहेक बिहान ७-९.५० र सांझ ४-८ बजेसम्म यस अस्पताल बाट पनि उच्च स्तरको सेवा दिदै आउनु भएका डा. रेग्मी दुई बर्ष जिल्ला अस्पताल दैलेख को मेडिकल सुपरिटेन्डेन्ट को अनुभव समेत रहेको अस्पताल व्यवस्थापक भक्तबहादुर शाहीले बताए।

प्रकाशित मिति : २०८१ पुस १४ गते आइतबार