Karnali Media
२०८३ असार १ , सोमबार

सुर्खेतको सिद्धार्थमा न्यु एयर इभमा गायिका शान्तिश्री परियार आउँदै



सुर्खेत । अङ्ग्रेजी नया बर्ष २०२५ लाई भब्य रुपमा सफल पार्न सिद्धार्थ होटल सुर्खेतले सास्कृतिक कार्यक्रम सहित न्यु एयर इभ कार्यक्रमको आयोजना गर्ने भएको छ।

न्यु एयरको अबसरमा सिद्धार्थ होटल सुर्खेतमा चर्चित गायिका शान्तिश्री परियार सहित स्थानिय कलाकारहरुको बिभिन्न रोचक प्रस्तुती रहने जनाएको छ । न्यु एयर इभमा चर्चित गायिका शान्तिश्री परियार सास्कृतिक प्रस्तुती रहनेछ ।

गायिका शान्तिश्री परियारले अरेली काँडैले मलाई च्वास्सै च्वास्सै, गोर्खे खुकुरी, सोल्टी बजारमा, बन्दी पुरैमा, गलबन्दी, ढुङ्गेधारैको, घर कता हो बहिनीको भन्ने लगायत दर्जनौं बढी हिट गीतमा आवाज दिएकी छन्।


यस कार्यक्रमलाई सुरुवात गर्नको लागि काठमान्डौबाट ओपनिङ ब्यान्ड ‘स्पर्श ब्यान्ड’ र समापन गर्न सुर्खेत बासीलाई नचाउनको लागि लेडिज डिजे पिज्जाको प्रस्तुति रहने सिद्धार्थ होटलले जनाएको छ।

सिद्धार्थ होटेलले नयाँ बर्षको अबसरमा आकर्षक छुट सहितका बिभिन्न प्याकेजको ब्यबस्था समेत मिलाएको छ। कार्यक्रमका लागि एकजनाको १५०० र बालबालिकाहरुलाई १००० रुपैयाँ टिकट शुल्क रहेको छ ।

प्रकाशित मिति : २०८१ पुस १४ गते आइतबार