Karnali Media
२०८३ असोज १३ , मंगलबार

सुर्खेतको गोरेटोमा न्यु एयर इभमा चर्चित गायिका शान्तारानी परियारको प्रस्तुति रहने



सुर्खेत । सुर्खेतमा रहेको गोरेष्ट्रो रेष्टुरेन्ट एण्ड म्युजिक बारले आज साझ अङ्ग्रेजी नयाँ बर्षको अवसरमा विशेष सांगितिक कार्यक्रम आयोजना गर्ने भएको छ।

सांगितिक कार्यक्रममा पछिल्लो समय निकै चर्चामा रहेकी गायिका शान्तारानी परियारको प्रस्तुति रहनेछ । उनको स्वरमा रहेको ‘म त ढले ढले’ गीत पछिल्लो समय चर्चामा रहेको छ।


गायिका शान्ता रानी परियारसंगै मोडल करिस्मा शाही लगायतको प्रस्तुति रहनेछ। सांगितिक कार्यक्रममा १००० र १५०० टिकट शुल्क रहेको छ।

प्रकाशित मिति : २०८१ पुस १६ गते मंगलबार