काठमाडौँ । नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्दैछन् ।
बुधबार दिउँसो १ बजे काठमाडौँको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गरी रावलले आफ्ना भावी योजनाबारे जानकारी दिन लागेका हुन्।
गत सोमबार उनले नेपाली काँग्रेस (बीपी) उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा। तारा जोशीसँग छलफल गरेका थिए। उनी नयाँ पार्टी गठनको तयारीमा जुटेको चर्चा छ।

एमालेमा झण्डै पाँच दशक सक्रिय रहेका रावललाई एमालेको गत बुधवार बसेको सचिवालय बैठकले पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो ।
२०७८ सालमा दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल त्यसपछि पार्टीमा निष्क्रिय रहेका थिए।
संवाददाता । बुधबार, पुष १७, २०८१ मा प्रकाशित