सुर्खेत । वीरेन्द्रनगर जुनियर जेसीजको बर्ष २०२५ को अध्यक्षमा जीवन प्रसाद जैसी निर्वाचित भएका छन् । २० औं साधारणसभाबाट जैसीको अध्यक्षतामा नयाँ कार्यसमिती चएन भएको हो ।
वीरेन्द्रनगर जुनियर जेसीजको सन् १९९६ मा स्थापना भएको थियो । जेसीजले नेतृत्व र व्यक्तित्व विकास सम्बन्धि कार्यक्रमहरु उत्प्रेरणा कार्यक्रम, संसदीय अभ्यास सम्बन्धि कार्यक्रम, पब्लिक स्पिकिङ लगायतका विभिन्न सामाजिक कार्यहरू र बाताबरण संरक्षण र सरसफाईसंग सम्बन्धित कार्यक्रमहरु गर्दै आएको छ ।
वीरेन्द्रनगर जुनियर जेसीज वर्ष २०२४ का अध्यक्ष शंकर आचार्यको अध्यक्षतामा भएको साधारणसभाबाट बर्ष २०२५ का लागि अध्यक्षमा जीवन प्रसाद जैसी सहित कार्यकारी उपाध्यक्षमा पुष्कर थापा र किरण अधिकारी साथै उपाध्यक्ष नारायण नेपाल, दुर्गा खनाल, सुजता सिंह र इन्द्रबहादुर राना क्षेत्री निर्वाचित भएका छन् ।






संवाददाता । शनिबार, पुष २०, २०८१ मा प्रकाशित