काठमाडाैँ- सार्वजनिक यातायातको भाडा बढेकाे छ। सरकारले सोमबारबाट लागु हुने गरी सरकारले गाडी भाडा बढाउने निर्णय गरेको हो। यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशतले बढेको यातायात व्यवस्था विभागले जनाएकाे छ।
जसअनुसार पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढेको छ।
यसअघि २०८० साउन ३१ मा भाडा समायोजन भएकाे थियाे।
तर तोकिएको भाडामा डिलक्स सुविधा लिएका सार्वजनिक सवारी साधनले २० प्रतिशतसम्म थप रकम लिन सक्ने छन्।
यसका साथै सुपर डिलक्स सुविधा लिएका सवारी साधनले समेत थप २० प्रतिशत भाडा लिन पाउने गरी प्रावधान राखिएको छ।
यस्ताे छ नयाँ भाडा
संवाददाता । सोमबार, पुष २२, २०८१ मा प्रकाशित