काठमाडौं । नेपाल प्रहरीका २५ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
गृह मन्त्रालयअन्तर्गत बढुवा समितिले जनपद प्रहरी समूहतर्फबाट २५ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
जसअनुसार नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा कार्यरत रेशम थापा सूचीको पहिलो नम्बरमा छन् ।
त्यसपछि क्रमशः अजय केसी, अनुपम शम्शेर जबरा, वीर बहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोबिन्द अधिकारी, विनोद सिलवाल, श्याम कुमार महतो सूचीमा अटाएका छन् ।
यस्तै वेद विष्ट, शिवकुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जीसी, रञ्जु सिग्देल, सन्तोष खड्का, सन्तोष कुमार भट्टराई, राजेन्द्रप्रसाद धमला, सन्तोषसिंह राठौर, सञ्जय सिंह थापा, बिमलराज कँडेल, महेन्द्र खड्का र प्रभुप्रसाद ढकाल बढुवा सिफारिसमा परेका हुन् ।
बढुवा समितिले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम ४ अनुसार उनीहरूलाई सिफारिस गरेको हो ।
संवाददाता । मङ्गलबार, माघ ०१, २०८१ मा प्रकाशित