Karnali Media
२०८३ जेठ २९ , शुक्रबार

रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश



रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । बुधबार जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा उनीलाई धरौटीमा रिहा गर्न आदेश भएको हो । यसअघि कास्की जिल्ला अदालतले पनि उनलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।


प्रकाशित मिति : २०८१ माघ २ गते बुधबार