रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । बुधबार जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा उनीलाई धरौटीमा रिहा गर्न आदेश भएको हो । यसअघि कास्की जिल्ला अदालतले पनि उनलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
संवाददाता । बुधबार, माघ ०२, २०८१ मा प्रकाशित