सुर्खेत । कर्णाली प्रदेशका सबै जिल्लामा “सुरक्षित यात्राका लागी स्मरण कार्यक्रम” सम्पन्न भएको छ । प्रदेशमा हुने सवारी दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम राख्ने उदेश्यले “सुरक्षित यात्राका लागी स्मरण कार्यक्रम” गरिएको कर्णाली प्रदेश ट्राफिक प्रहरीले जनाएको छ ।
आफु पनि बचौं र अरूलाई पनि बचाऔं भन्ने मूल नाराका साथ आज दश वटै जिल्लामा जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहत अस्थायी ट्राफिक प्रहरी पोष्टहरूबाट यो कार्यक्रम गरिएको हो ।

कर्णाली प्रदेशमा बढी सवारी दुर्घटना हुने स्थानहरूमा भएका सवारी दुर्घटनाहरूका तस्विरहरू प्रतिबिम्वित गराई सवारी चालक र सह-चालकहरूलाई लक्षित गरी ४७ स्थानहरूमा प्रदर्शन तथा सचेतनामूलक कार्यक्रम गरीएको गरिएको छ ।
यस कार्यक्रमबाट सवारी चालक तथा सह-चालक गरी १२ सय ४३ जना लाभान्वित भएका छन् ।
संवाददाता । बिहिबार, माघ ०३, २०८१ मा प्रकाशित