Karnali Media
२०८३ साउन १ , शुक्रबार

समुन्नत नागरिक बनाउन खेलकुद आवश्यक छ : मुख्यमन्त्री कडेल



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्वस्थ र समुन्नत नागरिक बनाउन खेलकुद आवश्यक रहेको बताएका छन् ।

आज वीरेन्द्रनगरमा सञ्चालित सातौँ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितालाई सम्बोधन गर्दै खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभई समग्र व्यक्तित्व विकासको लागि आवश्यक छ, स्वस्थ जीवनशैली अपनाउन, मानसिक सन्तुलन कायम गर्न र सामाजिक सद्भाव बढाउन समेत खेलकुदको आवश्यकता रहेको मुख्यमन्त्री कँडेलले उल्लेख गरे ।


समाजमा रहेका हरेक युवा एवम् बालबालिकालाई खेलकुदमा जोड्न सके असल नागरिक बनाउने हाम्रो अभियान सफल हुने हुने मुख्यमन्त्री कँडेलको भनाई थियो । खेलकुदले स्वस्थ, अनुशासित र सफल जीवन जिउन सहयोग गर्ने भएकाले शरीरलाई मात्रै होइन, मानसिक र सामाजिक पक्षलाई पनि मजबुत बनाउने भएकाले हरेक व्यक्तिले खेलकुदलाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाउनु जरुरी रहेको मुख्यमन्त्री कँडेलले बताए गरे । सातौँ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता तीन दिन सम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २०८१ माघ २० गते आइतबार