कर्णाली प्रदेश कपर नेटवर्क फ्री घोषणा भएको छ। नेपाल टेलिकमले मंगलबार २१ औं वार्षिकोत्सवका अवसरमा कर्णाली प्रदेशलाई कपर नेटवर्क फ्री घोषणा गरेको हो।
कपर नेटवर्क फ्रि घोषणा भएसँगै अब कर्णालीमा फोन, इन्टरनेट र टेलिभिजनका लागि फरक/फरक फाइबर प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ।
कपर नेटवर्क फ्रि भनेको फोन, इन्टरनेट र टेलिभिजन एउटै फाइबरमार्फत प्रयोग गर्न पाइने प्रविधि हो।
यसलाई फाइबर टु होम (एफटीटीएच) प्रविधि भनिन्छ। नेपाल टेलिकमले यश प्रविधिलाई देशभर बढाउन तीब्रता दिएको पनि जनाएको छ।
यो प्रविधि ७७ जिल्लामा पुगिसकेको छ। हालसम्म देशभर ३ लाख ८० हजार भ्वाइस, ३ लाख ३० हजार डाटा र ५८ हजार ग्राहकलाई एफटीटी प्रविधि रूपान्तरण गरिएको पनि टेलिकमकी प्रवन्ध निर्देशक संगिता पहाडी अर्यालले बताइन्।
संवाददाता । मङ्गलबार, माघ २२, २०८१ मा प्रकाशित