सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भारतको नम्बर १ टायल कजरीयाको सोरुम उद्घाटन भएको छ ।
सगरमाथा मार्वल हाउस वीरेन्द्रनगर ३ मुलपानीमा शुक्रबार कजरीयाको सोरुम उद्घाटन गरिएको हो । सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेलले सोरुमको उद्घाटन गरेका हुन ।

कजरीया टायलको सोरुम उद्घाटन गर्दै अध्यक्ष कंडेलले नीजी क्षेत्रबाट हुने सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गरेका छन् ।
उद्घाटन कार्यक्रममा सगरमाथा मार्वल हाउसका सञ्चालक दिपेन्द्र खड्काले कर्णाली प्रदेशका ग्राहकहरुलाई उच्च क्वालिटीका सामानहरु प्रदान गर्न मल्टिसोरुमको रुपमा सगरमाथा मार्बल हाउसलाई स्थापना गरिएको बताएका छन् । सगरमाथा मार्बल हाउस कजरीया टायलसंगै नेपालको पहिलो ब्रान्ड नेपोभिट टायल र बेनेगार्डो सेनेटरीको पनि आधिकारीक सोरुम रहेको उनको भनाई छ ।
संवाददाता । शुक्रबार, माघ २५, २०८१ मा प्रकाशित