Karnali Media
२०८३ असार १ , सोमबार

सुर्खेत वितरक संघको पहिलो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न



सुर्खेत । सुर्खेत वितरक संघले आफ्नो पहिलो वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न गरेको छ। संघले बुधबार वीरेन्द्रनगरमा विशेष कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो।

उक्त कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालको उपस्थिति रहेको थियो। साथै, नेपाल वितरक संघका केन्द्रीय सदस्य मदनराज न्यौपाने, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल, र सुर्खेत च्याम्बर अफ कमर्सका अध्यक्ष चिन्तामणि शर्माले संघको वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गरे।


कार्यक्रममा वितरक संघका प्रवक्ता गणेश शर्माले “एकता नै विकासको मेरुदण्ड हो” भन्ने नाराका साथ वितरण प्रणालीलाई स्वच्छ पार्ने संघको लक्ष्यमा सबैको सहकार्य आवश्यक रहेको बताएका थिए।

प्रकाशित मिति : २०८१ फागुन ७ गते बुधबार