सुर्खेत । करिब एक महिनादेखि सुर्खेतको काक्रेविहार जङलमा घाईते हिमाली गिद्द राखिएको छ उक्त गिद्द सुर्खेतको आकाशमा समूहमा उडिरहेका बेला कुनै अवरोध भएपछि छुट्टिएको हुनसक्ने अनुमान गरिएको छ । अहिले निरन्तर स्थानिय युवाहरुले यसको नियमित संरक्षण र उपचार गर्दै आईरहेका छन । तीन महिना अघि उड्न नसक्ने अबस्थामा भेटिएको यो गिद्दलाई सुरु २ महिना डिभिजन बन कार्यालयमा राखिएको थियो । डिभिजन बन कार्यालयले कार्क्रेबिहार जङ्गलमा ल्याएर छडिदिएपछि स्थानिय समाजसेवी युवा नवराज बोहोराले यसलाइ नियमित हेरचाह गर्दै आईरहेका छन । उनी भन्छन
“हिमाली गिद्दको पछिल्लो समय स्वास्थ अबस्थामा पनि धेरै सुधार भएको छ” उनले नै यसको आहार, उपचार लगायत नियमित हेरचाह गर्दै आएका छन ।
हिमाली गिद्द सम्बन्धि जानकार गोबिन्द सिहले पनि केही समय पहिले सुर्खेत आएर यो गिद्दको अबस्थाबारे बुझ्नुभएको थियो । उहाका अनुसार यो गिद्द उमेर ३-४ बर्ष सम्म भएको र विभिन्न कारणले गर्दा चोटपटकका कारण र नियमित आहार नपाउदा यसको एउटा आँखा कमजोर भएको उहाँले बताउनु भएको छ ।
समाजसेवी नबराज बोहोराकै पहलमा अहिले यो गिद्दलाई यसको समुहमा पठाउने र संरक्षण गर्न अन्तिम तयारी भएको छ । जटायु रेस्टुरेन्ट, बर्ड कर्जरभेसन नेपाल लागायतको सहकार्यमा यसलाई कावासोतिको जटायु रेस्टुरेन्टमा लगिदै छ ।
बन्यजन्तु तथा पंक्षीहरुको संरक्षण गर्न हामी सबैको कर्तव्य भएको निरन्तर एक महिनादेखी गिद्दको सुरक्षा गरिरहनुभएका काक्रेबिहार प्रहरी बिटका ईन्चार्ज असोक केशि बताउनुहुन्छ । यस्तै काक्रेबिहारमा काम गर्दै आउनुभएका स्थानिय मनोज श्रेष्ठले यसको नियमित स्वाहार गर्दै जादा यो गिद्द अहिले समान्य उड्न सक्ने भएको छ हामिले यस्ता जनावरलाई बचाउनु पर्ने उहाँ बताउनुहुन्छ ।
घुमन्ते जीवन बिताउने र वातावरण अनुसार आफ्नो वासस्थान परिवर्तन गर्ने यस्ता चरा जनावरको संरक्षणमा हामी सबैले लाग्न जरुरी छ । सरकारले पनि यसका लागि छुट्टै नीति कार्यक्रम र योजना बनाएर ल्याउनुपर्दछ ।
भिडियो हेर्न
जगत सापकोटा । सोमबार, बैशाख ०५, २०७९ मा प्रकाशित