वीरेन्द्रनगर । मध्यपश्चिम विश्वविद्यालयले आफ्नो तेस्रो दीक्षान्त समारोह शुक्रबार हुने भएको छ ।
विश्वविद्यालयले सोमबार पत्रकार सम्मेलन गर्दै मध्यपश्चिम विश्वविद्यालयले उक्त दीक्षान्त समारोहमा ३ हजार ८४१ जना विद्यार्थीलाई अध्ययनरत छन् । तीमध्ये ८ सय ८५ जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुने र दीक्षित हुने छन् ।
दीक्षान्त समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षता रहनेछ ।

साथै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा विश्वविद्यालयका सहकुलपति विद्या भट्टराईको समुपस्थितिमा कार्यक्रम सम्पन्न हुने विश्वविद्यालयले जानकारी दिएको छ ।
यस्तै समारोहमा सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक उपकुलपति तथा जवाहरलाल नेहरु विश्वविद्यालय भारतका प्रा. डा. महेन्द्र प. लामा प्रमुख अतिथिका रूपमा उपस्थित रहनेछन् ।
संवाददाता । मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित