काठमाडौं । शनिबार बिहान म्याग्दी केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३:१४ मा म्याग्दीको मुरी केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
यस भूकम्पको धक्का म्याग्दी र आसपासका जिल्लामा पनि महसुस गरिएको छ । स्थानीयहरूका अनुसार केही सेकेन्डसम्म जमिन हल्लिएको अनुभव गरिएको थियो ।

हालै नेपाल, भारत, र पाकिस्तानका विभिन्न क्षेत्रमा लगातार भूकम्प गइरहेको छ, जसले भूगर्भीय गतिविधि सक्रिय रहेको संकेत गर्छ । विज्ञहरूका अनुसार भूकम्पीय जोखिमयुक्त क्षेत्रहरूमा सतर्कता आवश्यक रहेको छ ।
संवाददाता । शनिबार, फागुन २४, २०८१ मा प्रकाशित