सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गर्मी बढेसँगै खानेपानीको समस्या बढ्ने भएकाले समयमा काम सक्ने गरि लाग्नु पर्ने बताए । आज सुर्खेतमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना (WASGISP) आयोजना कार्यन्वयन इकाईले आयोजना गरेको वीरेन्द्रनगर नगरपालिका तथा शारदा नगरपालिकाको प्रगति समीक्षा र बजेट व्यवस्थापन सम्बन्धित बैठकलाई सम्बोधन गर्दै जनताको खानेपानीको समस्या समाधान गर्ने आयोजना भएकाले काममा तिव्रता दिनु पर्ने मुख्यमन्त्री कँडेलको भनाइ थियो ।
यो योजना जनतासँग र जनताको दैनिकी सँग जोडिएको आयोजना भएकाले विशेष रुपमा ध्यान दिएर समयमा सक्नु आजको आवश्यकता भएको मुख्यमन्त्री कँडेलले उल्लेख गरे ।

कार्यक्रममा माननीय जलश्रोत तथा उर्जा विकास मन्त्री बिजया बुढा, आयोजना प्रमुख संजित कुमार शाह वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहन माया ढकाल, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव र जलस्रोत तथा उर्जा विकास मन्त्रालयका सचिव लगाएको उपस्थित रहेको थियोे ।
संवाददाता । बुधबार, फागुन २८, २०८१ मा प्रकाशित