सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गर्मीसँगै खानेपानीका समस्या बढ्ने भएकाले समयमा काम सक्न निर्देशन दिनुभएको छ ।
आज सुर्खेतमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना कार्यान्वयन एकाईले आयोजना गरेको वीरेन्द्रनगर नगरपालिका तथा शारदा नगरपालिकाको प्रगति समीक्षा र बजेट व्यवस्थापन सम्बन्धी बैठकलाई सम्बोधन गर्दै उहाँले खानेपानीको समस्या समाधान गर्न आयोजना अन्तर्गतका काम तीव्र बनाउन निर्देशन दिनुभयो ।

कार्यक्रममा प्रदेशको जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढा, आयोजना प्रमुख सञ्जितकुमार शाह वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहन माया ढकाल, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका सचिवलगायतको उपस्थिति थियोे ।
संवाददाता । बुधबार, फागुन २८, २०८१ मा प्रकाशित