वीरेन्द्रनगर । होलीमा तडक–भडकसहित होहल्ला गरेर होली मनाएमा कारवाही हुने भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले भडक–भडकसहित होहल्ला गरि समाजलाई असर पारेर होली पर्व मनाउनलाई कारवाही गर्ने भएको हो ।
नेपालीहरूले उल्लासपूर्ण रूपमा मनाउँदै आएको रंगहरुको पर्व फागु पूर्णिमा (होली) पर्वको ऐतिहासिक महत्व बोकेको सांस्कृतिक गौरवको यो पर्व सामाजिक सद्भाव र भाइचारा कायम गर्दै न्यायपूर्ण समाज निर्माण गर्न प्रेरक रहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।
‘साथै, आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन नहुने गरी सांस्कृतिक पर्व मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले मनाउन हुन अनुरोध छ । कोही कसैले यस्ता अमर्यादित, उच्छृल, अवाञ्छित एवम् गैरकानूनी क्रियाकलाप गरेमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।’
हेर्नुहोस् विज्ञप्तीः






संवाददाता । बुधबार, फागुन २८, २०८१ मा प्रकाशित