आज अन्तर्राष्ट्रिय खुसीयाली दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र संघ महासभाले सन् २०१२ जुलाई १२ मा प्रत्येक मार्च २० लाई अन्तर्राष्ट्रिय खुसीयाली दिवस मनाउने घोषणा गरेको थियो ।
संसारभरिका मानव जीवनमा खुसी र कल्याणको महत्वलाई सार्वभौम लक्ष्य र आकांक्षाका रूपमा पहिचान गर्दै दिवस मनाउने घोषणा गरिएको हो । यो दिवस मनाउने संकल्प भुटानले सुरु गरेको हो । भुटानले सन् १९७० को दशकको सुरुदेखि नै राष्ट्रिय आयको तुलनामा राष्ट्रिय खुसीको महत्त्वलाई पहिचान गरेको थियो । साथै राष्ट्रिय खुसीलाई लक्ष्यको रूपमा अपनाएको थियो ।

संवाददाता । बिहिबार, चैत ०७, २०८१ मा प्रकाशित