Karnali Media
२०८३ भदौ ३० , मंगलबार

दैलेखमा चट्याङ लागेर एक किशोरको मृत्यु



दैलेख । दैलेखमा चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ ।

शनिबार चट्याङ लागेर दुल्लु नगरपालिका(६ बस्ने वर्ष १८ का गगन खड्का घाइते भएका थिए । उनको उपचारको क्रममा दुल्लु अस्पताल लैजादै गर्दा निधन भएको हो ।


जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घर नजिक रहेको भैसी गोठमा पानि परेपछि भैसीहरू भित्र सार्ने क्रममा परेको चट्याङ टाउकोमा लागेपछि बेहोस भएका गगनलाई तत्काल उपचारका लागी आफन्तहरुले दुल्लु अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भएको हो ।

प्रकाशित मिति : २०८१ चैत ९ गते शनिबार