काठमाडौँ । कांग्रेस महामन्त्री गगन थापाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय सरासर गलत भएको बताएका छन् ।
उनले भने, ‘यो सरासर गलत काम भएको छ । हामीलाई उहाँहरूले ढाँट्ने काम गर्नुभयो । जुन बेला हामीले नागरिकको असन्तुष्टि हटाउने काम गर्नुपर्ने हो त्यो बेलामा जानीजानी सरकारबाट यस्तो काम गरिएको छ । हात हाल्नै नपर्ने ठाउँमा हात हालेर सरकारले जबर्जस्ती समस्या सिर्जना गरेको पनि उनको भनाइ छ ।’

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले उक्त पदमा रहेका कुलमान घिसिङलाई हटाउँदै शाक्यलाई नियुक्त गरेको हो ।
संवाददाता । सोमबार, चैत ११, २०८१ मा प्रकाशित