सरकारले तीनकुनेमा आज राजावादीहरूले प्रदर्शन गरेको उदण्डताको दोषी पूर्वराजा ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईंसहितका व्यक्तिहरूलाई ठहराएको छ ।
गृहमन्त्री रमेश लेखकले प्रदर्शन गर्न निर्देशन दिने पूर्वराजा शाह र अराजकता मच्चाउने विवादास्पद मेडिकल व्यवसायी प्रसाईं नै आजको अराजकताको मुख्य दोषी रहेको लोकान्तरसँग बताए ।
उनले भने, ुशान्तिपूर्ण भनेको प्रदर्शन यही हो रु अराजक भीड देखाएर व्यक्तिको सम्पत्ति तोडफोड गर्न र जलाउन पाइँदैन, जसले प्रदर्शन गर्न निर्देशन दियो, उनीहरू नै दोषी हुन्, कारबाहीको दायरामा ल्याइन्छ ।’
प्रसाईंले शुक्रबार शाहलाई भेटेर आन्दोलनको ब्रिफिङ गरेका थिए ।

उनी घरबाट बाहिर निस्किने बेलामा शाहको फोटो लिएर गाडी अगाडि बढाउँदै भीडलाई उत्तेजित तुल्याएका थिए ।
पूर्वराजा शाहको जयजयकार गरेर प्रसाईंले आन्दोलनलाई थप उत्तेजित बनाएका थिए ।
गृहमन्त्री लेखकले निजी सम्पत्ति तोडफोड गर्ने र आगजनी गर्नेलाई कारबाहीको दायरामा ल्याउने र आन्दोलन गर्न निर्देशन दिने नाइकेलाई पनि कारबाही गर्ने बताए ।
संवाददाता । शुक्रबार, चैत १५, २०८१ मा प्रकाशित