काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह विदेश भाग्न सक्ने भन्दै सरकारले उनको राहदानी रद्द गर्ने भएको छ । स्रोतका अनुसार पूर्वराजा शाहको राहदानी रद्दको प्रक्रिया सुरु भैसकेको छ ।
राजसंस्था पुर्नस्थापनको मागसहित उनकै निर्देशनमा सडक आन्दोलनमा सुरु भएकाले हिजोको हिसात्मक आन्दोलनमा पनि उनको हात भएको आशंका सरकारी पक्षले गरेको छ ।

सडकमा आन्दोलन संयोजक र जनकमाण्डर तोकेरै शाहले हिंसात्मक आन्दोलनको निर्देशन दिएकाले उनीमाथि छानबिन गर्ने सरकारको तयारी छ । छानबिनमा तानिने भएपछि देश छोडेर भाग्ने सक्ने आशंकामा राहदानी रद्द गर्न लागिएको स्रोतले जानकारी दियो ।
संवाददाता । शनिबार, चैत १६, २०८१ मा प्रकाशित