Karnali Media
२०८३ साउन १९ , मंगलबार

पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षा टोली फेरियो



काठमाडौँ । गृह मन्त्रालयले पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षा टोलीमा परिवर्तन गरेको छ। निर्मल निवासमा यसअघि सशस्त्र प्रहरी बलको कार्यदलबाट डिएसपी जगदीश हमालको नेतृत्वमा २५ जनाको टोली खटिएको थियो। उक्त टोलीलाई हटाएर अब डिएसपी प्रमोद प्रकाश पाठकको कमान्डमा १६ जनाको नयाँ टोली पठाइएको गृह स्रोतले बताएको छ।

भिभिआइपी सुरक्षा नीति अनुसार १६ जना सुरक्षाकर्मी खटाउने प्रावधान छ, तर निर्मल निवासमा हालसम्म २५ जना खटिँदै आएका थिए। अब भने नीति अनुरूप १६ जनामा सीमित गरिएको ती स्रोतको भनाइ छ।


यसैबीच, शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादीहरूको प्रदर्शन उग्र बनेको थियो। सो प्रदर्शनमा दुई जनाको ज्यान गएको छ।

पूर्व राजा ज्ञानेन्द्रलाई भेटेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रदर्शनको नेतृत्व गरेका थिए। उनकै कमान्डमा आन्दोलन चर्किएको थियो। प्रहरीले प्रसाईँलाई पक्राउ गर्न खोजिरहे पनि उनी हाल फरार छन्।

प्रकाशित मिति : २०८१ चैत १७ गते आइतबार