काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अोलीले सर्वदलीय बैठक बोलाएका छन् ।
सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी गराएका हुन् ।

नेताहरूका अनुसार साँझ ५ बजे सर्वदलीय बैठक बस्ने तयारी छ । गत शुक्रबार तीनकुनेमा भएको घटना र पछिल्लो समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
संवाददाता । आइतबार, चैत १७, २०८१ मा प्रकाशित