Karnali Media
२०८३ असार १५ , सोमबार

रविलाई थुनामा पठाउन उच्च अदालतको आदेश



काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ ।

न्यायाधीशद्धय रमेश ढकाल र स्वीकृती पराजुलीको इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश छ ।

जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए ।


बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई रुपन्देही जिल्ला अदालतले एक करोड धरौटी रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि लामिछानेले बैंक ज्ञारेन्टीमार्फत उक्त धरौटी रकम बुझाएपछि रिहा भएका थिए ।

जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो ।

प्रकाशित मिति : २०८१ चैत २२ गते शुक्रबार