वीरेन्द्रनगर । विगत दुई दशक भन्दा बढीदेखि निरन्तर पर्यटन क्षेत्रमा क्रियाशिल रहेका लेखक तथा फोटो पत्रकार भरतबन्धु थापा पर्यटन प्रर्वधन समिति कर्णाली प्रदेशको विज्ञ सदस्य नियुक्त भएका छन् ।
कर्णाली प्रदेशको पर्यटकीय क्षेत्रहरुको पहिचान,प्रर्वद्धन,प्रचार प्रसार तथा ब्यबस्थापन गर्नका लागि कर्णाली प्रदेश सरकारले बनाएको पर्यटन प्रर्वधन समितिको विज्ञ सदस्य नियुक्ती भएका हुन् ।
कर्णालीका पर्यटकीय गन्तव्यको पहिचान र प्रचार–प्रसार, कला–संस्कृति र जनजीवनको अभिलेखिकरण एवं समृद्ध कर्णालीको पक्षमा निरन्तर योगदान पुर्याए बापत थापालाई विज्ञ सदस्यमा नियुक्ती गरीएको हो ।

लामो समयदेखि फोटो पत्रकारका रुपमा सक्रिय रहेका थापाले नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशीत ‘तस्बिरमा नेपाल’ पुस्तक नेपाल बुझन चाहनेहरुको लागि आँखीझयालका रुपमा प्रख्यात रहेको छ । थापाका ‘तस्बिरमा नेपाल’ पुस्तकसहित दश वटा पुस्तक प्रकाशन भईसकेका छन् भने नेपाल उद्योग बाणिज्य महासंघ कणार्ली प्रदेशको पर्यटन दुत समेत रहेका छन् ।
पर्यटन प्रर्वधन समितिमा होटल ब्यबससायीका तर्फबाट मुगुका देवीकृष्ण रोकाया, पर्यटन ब्यबसायीको तर्फबाट सुर्खेतका भानुभक्त खड्का, उद्योग बाणीज्य संघका तर्फबाट पदम बहादुर शाही सदस्यमा नियुक्त भएका छन् । नियुक्त भएका सदस्यहरुको कार्यकाल चार बर्षको रहने छ ।
संवाददाता । सोमबार, चैत २५, २०८१ मा प्रकाशित