Karnali Media
२०८३ कात्तिक ९ , आइतबार

रवि लामिछाने भैरहवा कारागार चलान



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागार चलान भएका छन् । उनलाई आज (सोमबार) भैरहवा कारागार पठाइएको हो।

रविलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराएर जिल्ला कारागार पठाइएको छ। सुप्रिम सहकारी ठगी र संगठित अपराधमा उच्च अदालत तुलसीपुरको बुटवल इजालसले शुक्रबार लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश थिएको थियो। उनी शुक्रबार राती नै पक्राउ परेका थिए।


योसँगै अब अदालतको फैसला नआउन्जेलसम्म रवि कारागारमै रहने भएका छन्।

प्रकाशित मिति : २०८१ चैत २५ गते सोमबार