जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा आगामी वैशाख २७ गतेदेखि प्रतियोगिता सुरुहुने भएको छ । कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा छैटौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता हुने भएको हो ।
खेलकुद पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको क्लबले विगत १७ वर्षदेखि जुम्लामा खेलकुद विकास, सामाजिक उत्थान र बालबालिकाको हितमा काम गर्दै आएको छ । क्लबका संरक्षक तथा ओलम्पियन हरिबहादुर रोकायको नेतृत्वमा प्रतियोगिता हरेक वर्ष हुँदै आएको क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो । अन्तरराष्ट्रिय मापदण्डअनुसार दूरी ५१ किलोमिटर तोकिएको छ ।
अध्यक्ष शाहीले भन्नुभयो, “दौडको रुट पनि परिवर्तन गरिएको छ । यसबाट जुम्लादेखि रारासम्मको पदयात्रा प्रवर्द्धनसमेत योगदान पुग्ने विश्वास छ ।”
प्रतियोगिताका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालयले सहयोग गरेको छ । माथिल्लो मिलीचौरदेखि राराताल किनार, ठाकुर बाबाको मन्दिरहुँदै हुटुमा समापन हुने गरी तय गरिएको क्लबका अध्यक्ष शाहीले जानकारी दिनुभयो । दौडमा सहभागी खेलाडीले तिरेको दर्ता शुल्कको १० प्रतिशत उच्च पर्वतीय प्रशिक्षण भवन निर्माणका लागि छुट्याइएको छ । भवन क्लबका संरक्षक रोकायले प्रदान गरेको जग्गामा निर्माण गरिनेछ ।
प्रतियोगितामा ५१ किलोमिटर अल्ट्रा दौड, पाँच किलोमिटर खुल्ला दौड ९उद्योगी, व्यापारी, कर्मचारी० र १९ वर्ष मुनीका विद्यार्थीका लागि १० किलोमिटर दौडको व्यवस्था गरिएको छ । दौडमा स्थानीय, राष्ट्रिय र अन्तरराष्ट्रिय धावकको सहभागिता रहने छ । विगतमा बेलायत, नेदरल्याण्ड, भारत, इटाली र अमेरिकासमेतबाट समेत धावकले भाग लिएका थिए । दौड चन्दननाथ भैरवनाथको आँगन, खलङ्गा बजारको जुम्लाबाट शुरु भई मुगुको रारा तालको हुटुमा समापन हुने छ ।
एकाउन्न किलोमिटर प्रतियोगितामा प्रथम हुने ९महिला÷पुरुष० रु एक÷एक लाख प्रदान गरिने छ । यस्तै ९महिला र पुरुष० दोस्रो स्थान हासिल गर्नेलाई जनही रु ७५ हजार, तृतियलाई रु ५० हजार, चौथोलाई रु २० हजार पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।
पाँच किलोमिटर दौड प्रतियोगितामा प्रथम हुनेलाई ९महिला र पुरुष० रु पाँच हजार, दोस्रोलाई रु तीन हजार र तृतिय हुनेलाई रु तीन हजार प्रदान गरिने छ । विद्यालयस्तरीय १० किलोमिटर दौड प्रतियोगितामा प्रथम हुनेलाई ९महिला÷पुरुष० रु १० हजार, दोस्रो हुनेलाई रु ६ हजार र तृतिय हुनेलाई रु चार हजार पुरस्कार प्रदान गरिने छ ।
संवाददाता । शनिबार, चैत ३०, २०८१ मा प्रकाशित