Karnali Media
२०८३ असोज २६ , सोमबार

गैरकाननुनी रुपमा बस्दै आएका थप ५ जना नेपालीलाई अमेरिकाले गर्‍यो निष्कासन



काठमाडौं । अमेरिकाले थप ५ जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बस्दै आएका ती नेपालीहरूलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो।

निष्कासनमा पर्नेमा वाग्ले, मल्ल, भट्टराई, ओली र ढकाल थरीका एक(एक जना रहेका छन्। स्रोतका अनुसार वाग्लेलाई टर्किस एयरलायन्स र बाँकी चार जनालाई एयर इन्डियाको विमानबाट नेपाल फर्काइएको हो। उनीहरू यसै साता काठमाडौंमा ओर्लिएका थिए।

गैरकानुनी रूपमा अमेरिकामा बसेर त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई नेपाल डीपोर्ट गरिएको रहेछ। अमेरिकाले अवैध नेपालीहरूलाई फर्काउने क्रम जारी राखेको छ ।


त्यसअघि अमेरिकाले ८ जना नेपालीलाई निष्कासन गरेको थियो। निष्कासनमा पर्नेमा बुढा, पुन, सेन, चौधरी, खड्का, सुवेदी, पुन मगर, पाठक थरका एक/एक जना रहेका थिए।

डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा सपथ लिएपछि अमेरिकाको आप्रवासनसम्बन्धी नीति परिवर्तन भएको थियो। राष्ट्रपति ट्रम्पले आप्रवसनसम्बन्धी नयाँ कार्यकारी आदेश जारी गरेर गैरकानुनी रूपमा बसोबास गर्ने आप्रवासीमाथि धरपकड गर्दै आएको छ। केही समयअघि अमेरिकाले ११ जना नेपालीलाई विमान चार्टर गरेर नेपाल ल्याएको थियो।

प्रकाशित मिति : २०८१ चैत ३० गते शनिबार