प्रहरी जवान पदको लिखित परीक्षामा अन्य व्यक्तिका नाममा परीक्षा दिइरहेका छजना पक्राउ परेका छन् । काठमाडौँको मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।
प्रहरीले दोलखाका २३ वर्षीय मोहन सुनुवार, कालीकोटका २४ वर्षीय गोपा शाही, सुर्खेतका २२ वर्षीय मनोज शर्मा र २० वर्षीय उमेश शर्मा, दैलेखका २२ वर्षीय आकाश खड्का तथा जुम्लाका २२ वर्षीय मीन रावललाई पक्राउ गरेको हो । पक्राउ परेका नक्कली परीक्षार्थीलाई काठमाडौं जिल्ला अदालतबाट आज म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीले उनीहरूका साथबाट अर्काको फोटो टाँस गरेको सक्कल प्रवेशपत्र र नागरिकताको प्रतिलिपि बरामद गरेको छ ।
संवाददाता । आइतबार, बैशाख ०७, २०८२ मा प्रकाशित