सुर्खेत । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि कर्णालीमै सर्वाधिक चर्चामा रहेको वीरेन्द्रनगर नगरपालिकामा नगरप्रमुखको उम्मेद्वारका लागि नेपाली कांग्रेसले तीन जनाको नाम सिफारिस गरेको छ ।
आज नेपाली कांग्रेस नगर कमिटि विरेन्द्रनगरले तीन जनाको नाम सिफारिस गरेको हो । पार्टीको जिल्ला सहसचिव हरि विष्ट, नगर सभापति उपेन्द्र खड्का, र महिला तर्फबाट चाँदनी ढकाल सिफारिस गरिएको छ ।
यो समाचार तयार पार्दासम्म ३ जनाको नाम सिफारिस भएपनि अहिले थप चार जनालाई सिफारिस गरेर जम्मा ७ को नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा उपेन्द्र खड्का, हरि विष्ट, चाँदनी ढकाल, गोविन्द कोइराला, नारायण सापकोटा, नारायण कोइराला र भूपेन्द्र खत्री रहेका छन् ।
संवाददाता । शुक्रबार, बैशाख ०९, २०७९ मा प्रकाशित