Karnali Media
२०८३ भदौ २२ , सोमबार

अन्तरप्रदेश ह्विलचियर बास्केटबलमा कर्णालीलाई उपाधि



सुर्खेत । अन्तरप्रदेश ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि कर्णाली प्रदेशले जितेको छ। स्पाइनल इन्जुरी संघ कोशी प्रदेशको आयोजनामा इटहरीमा भएको प्रतियोगितामा कर्णाली प्रथम भएको हो।

कर्णालीले शनिवार फाइनलमा गण्डकी प्रदेशलाई ३४–३२ को स्कोरले हराउँदै उपाधि उचाल्न सफल भएको हो। च्याम्पियन बनेको कर्णालीले उपाधिसहित नगद ५० हजार रुपैयाँ पुरस्कार समेत पाएको कर्णाली प्रदेश पारा ओलम्पिक कमिटीका अध्यक्ष किरण सापकोटाले जानकारी दिए।


प्रतियोगितामा कर्णालीकै रमेश खत्री उत्कृष्ट खेलाडी समेत चुनिए। फाइनल पुग्नुअघि सेमितफाइनलमा कर्णालीले कोशी प्रदेशलाई ३२–८ को फराकिलो स्कोरले पराजित गरेको थियो।

प्रकाशित मिति : २०८२ वैशाख २७ गते शनिबार