Karnali Media
२०८३ असार २ , मंगलबार

मखनटोलमा ग्यास चुहिएर आगलागी, एक जनाको मृत्यु



काठमाडौँ महानगरपालिका-२४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक जना महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक जनाको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन । उनले भने “ग्यास लिक हुँदा आगलागी भएको छ । मृतकको शव फेला परेको छ ।


आगलागी भएको श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घर पनि आगो सल्केको थियो । ।

अहिले प्रहरीको टोली, नेपाल आर्मी र सशस्त्र प्रहरी बलको टोलीले आगो नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति : २०८२ वैशाख ३१ गते बुधबार