वीरेन्द्रनगर । श्री ज्योति फाउन्डेसनले बैशाख २७ गतेदेखि २९ गतेसम्म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरेको प्रथम कर्णाली छोरी सम्मेलनबाट प्रदेश स्तरीय छोरी सञ्जाल गठन गरिएको छ ।
प्रदेश स्तरीय छोरी सञ्जालको अध्यक्षमा विनिता बस्नेत सर्वसम्मत चयन भएकी छन् । २१ सदस्यीय कार्यसमिती रहने गरी गठन भएको छोरी सञ्जालको उपाध्यक्षमा प्रिन्सा बम, सचिव यमुना थापा मगर, सहसचिव सन्तोषी भग्री र कोषाअध्यक्षमा रेजिना सिंह चयन भएका हुन ।
कर्णाली प्रदेशका १० जिल्लाबाट सहभागि भएका दुई सय जना छोरीहरुबाट यो सञ्जालको गठन गरिएको हो । कर्णाली प्रदेश स्तरीय छोरी सञ्जालको सदस्यहरुमा सुस्मा हमाल, स्माइल रेग्मी, लक्ष्मी बस्नेत, सपना शाही, जेनिसा बुढा, विपना खड्का, विनिता विश्वकर्मा, लोकसरा खड्का, धर्मा शाही, विन्दु कोमल राना, निशा पहराई मगर, लक्ष्मी खत्री, हिरा कुमारी, रोशनी रोकाया, दिपा डाँगी र स्मृति बोगटी चयन भएका हुन ।

साथै कर्णाली प्रदेशका ७९ वटै पालिकामा पनि पालिका स्तरीय छोरी सञ्जाल गठन हुने र यस सञ्जालले छोरी सवालहरुमा काम गर्ने श्री ज्योती फाउन्डेसनका अध्यक्ष ज्योती कटुवालले जानकारी दिइन् ।
प्रथम कर्णाली छोरी सम्मेलनमा ७९ वटा स्थानीय तहबाट र लोपन्मुख राउटे, राजी, कसुण्डा वादी र बोटे समुदायका छोरीहरुको सहभागिता रहेको थियो ।
‘कर्णाली छोरी सम्मेलन’ १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न
संवाददाता । शनिबार, जेठ ०३, २०८२ मा प्रकाशित