Karnali Media
२०८३ भदौ ३० , मंगलबार

प्रधानमन्त्री ओली अस्वस्थ



प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। प्रधानमन्त्री ओलीको सचिवालयका प्रधानमन्त्री ओलीलाई रूघा लागेको छ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम तय गरिएको थियो। तर प्रधानमन्त्री ओली अवस्वस्थ भएपछि उक्त कार्यक्रम रोकिने भएको छ।


नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले पनि प्रधानमन्त्री ओली अस्वस्थ रहेको बताए। त्यसैकारण सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रम रोकिने सम्भावना रहेको उनले बताए।

प्रधानमन्त्री ओलीलाई सोमबारदेखि रूघा लागेको छ।

प्रकाशित मिति : २०८२ जेठ ६ गते मंगलबार