सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–६ स्थित प्रतिक्षा मोन्टेश्वरी एलिमेन्ट्रि विद्यालयमा शुक्रबार बालबालिकाबीच नेतृत्व चयनका लागि विद्यालयस्तरीय निर्वाचन सम्पन्न गरिएको छ ।
विद्यालयको क्याप्टेन, सहायक क्याप्टेन, बाल क्लब र इको क्लबको नेतृत्व चयन गर्ने उद्देश्यसहित आयोजित उक्त निर्वाचनमा कक्षा यु–केजीदेखि कक्षा ५ सम्म अध्ययनरत १६० जना बालबालिकाले मतदानमा भाग लिएका थिए ।
निर्वाचन प्रक्रियालाई बालमैत्री बनाउँदै बालबालिकाहरूलाई लोकतान्त्रिक अभ्यासमा सहभागी गराउने लक्ष्यसहित गरिएको यस कार्यक्रममा बालबालिकाहरूले आफूलाई मनपर्ने उम्मेदवारलाई विशेष चिन्हमार्फत भोट गरेका थिए ।

विद्यालयकी सहायक प्रधानाध्यापक सपना मगर भन्छिन् । “बालबालिका भविष्यका सक्षम नागरिक हुन् । उनीहरूलाई सानैदेखि सही नेतृत्व छान्ने अभ्यास गराउँदै लैजानु आवश्यक छ । यस निर्वाचनले उनीहरूमा निर्णय क्षमताको विकास गर्ने विश्वास लिएको छौं।”
विद्यालयमा भएको यस प्रकारको अभ्यासले बालबालिकामा जिम्मेवारी, सहभागिता, र लोकतान्त्रिक चेतनाको विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
संवाददाता । शुक्रबार, जेठ ०९, २०८२ मा प्रकाशित