जुम्ला । असिना सहितको वर्षात्ले यहाँका स्याउ बगैँचामा क्षति पु¥याएको छ । तिला गाउँपालिका–९ मा शुक्रबार साँझ परेको असिनाले बगैँचामा क्षति पु¥याएको हो ।
विशेष गरेर राँस, मालपानी खोप्री, ढिपु गाउँका गहँु, जौ, आलु, सिमीलगायत बालीनाली स्याउ, ओखरमा असिना पानीले क्षति गरेको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिनुभयो । झण्डै आधा फिट असिना परेको थियो । वडाध्यक्ष रावतले भन्नुभयो, “पाकेको बाली खेतबारीमै झारेको छ । सिमी, आलु, मकै, फापरलगायतको बाली नष्ट पारेको छ । स्थानीय सरकारदेखि प्रशासनलाई राहतका लागि पहल भइरहेको छ ।” असिनाले राँसाका ११० र मालापानी गाउँका ६८ घरघुरी प्रभावित बनेको वडाध्यक्ष रावतको भनाइ छ ।
संवाददाता । आइतबार, जेठ ११, २०८२ मा प्रकाशित