दैलेख । बैसाख ३० मा हुने स्थानिय तहको निर्बाचनका लागि नेपाली कांग्रेसले दुल्लु मेयरमा आफ्नो उम्मेदवारको अन्तिम टुङ्गो लगाएको छ । नेपाली कांग्रेसका प्रतिनिधि सभा क्षेत्रीय सभापती भरत रिजाललाई दुल्लु नगरप्रमुखका लागि पार्टिबाट छनोट गरेको हो ।
रिजालले पार्टी तथा समाजमा लामो समयदेखी महत्त्वपूर्ण योगदान पुर्याउदै आउनुभएको छ समाजको सकारात्मक बिकासमा उहाँले प्रत्यक्ष तथा अप्रत्यक्ष भुमिका निर्वाह गर्नुभएको छ । यसपटकको स्थानिय निर्वाचनमा उहाँले समाज र पार्टीलाई पुर्याएको योगदानका आधारमा दुल्लुको बिकासका लागी पर्टिले उनलाई नगरप्रमुखको लागि छनोट गरेको हो ।
जनतालाई सहज सुबिधा उपलब्ध गराउने, रोजगारी शिक्षा र स्वास्थमा गुणस्तरीय सेवा दिने, पर्यटन र खेलकुदको बिकास गर्ने, युवा, महिला, बालबालिका र जेष्ठ नागरिकको लागि विशेष कार्यक्रम ल्याउने, र जनताको सेवक भएर काम गर्ने उहाँका योजनाहरु छन ।
२०७४ सालको स्थानिय निर्वाचनमा दुल्लुको नगरप्रमुखमा नेपाली कांग्रेसले बिजय हासिल गरेको थियो ।
दुल्लुमा नेपाली कांग्रेसले अन्य उम्मेदवारको भने टुङ्गो लागेको छैन । दुल्लु सहित दैलेखका सबै पालिकामा उम्मेदवार छनोट गर्ने अन्तिम तयारिमा रहेको जानकारि प्राप्त भएको छ ।
संवाददाता । सोमबार, बैशाख १२, २०७९ मा प्रकाशित