सुर्खेत । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको उम्मेदवारी दर्ता गर्ने आज अन्तिम दिन नेपाली कांग्रेसबाट सुर्खेत वीरेन्द्रनगरको मेयरमा उपेन्द्र खड्का उम्मेदवारी दर्ता गरेका छन् ।
सोमबार बसेको पार्टीको बैठकले मेयरमा उपेन्द्र खड्कालाई उम्मेदवार बनाएको हो ।
कांग्रेसबाट मेयरका लागि सात जनाको नाम सिफारिस भएको थियो । अन्तिममा खड्काको नाम मेयरका लागि पार्टीले उम्मेदवार बनाएको हो । यस्तै, उप–मेयरका रामकुमारी थापाको नाम टुङ्गाएको हो ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
हाल मेयर खड्का र उप–मेयर थापा उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन कार्यालयमा गएका छन् ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । सोमबार, बैशाख १२, २०७९ मा प्रकाशित