सुर्खेत । सुर्खेतमा लागूऔषध ट्रामाडोलसहित ३ जना पक्राउ परेका छन् । पकाउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ मा जयलक्ष्मी फार्मेसी सञ्चालन गरी बस्ने ५४ वर्षमा रमेशबहादुर शाही, सोही ठाउँ बस्ने २५ वर्षका हिक्मतजंग शाही र वीरेन्द्रनगर-६ बस्ने २५ वर्षका प्रह्लाद अधिकारी छन् ।
नगर प्रहरी कार्यालय सुर्खेतबाट खटिएका प्रहरी निरीक्षक राजन प्रशाद भटराईको टोलीले फार्मेसीमा शंका लागी चेकजाँच गर्दा उक्त फार्मेसी भित्रको कोठामा राखेको लागूऔषध ट्रमाडोल २४७ पिस र खाली ट्रमाडोल ट्याब्लेट ४१० ओटा बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

उनका अनुसार प्रहरी नियन्त्रणमा रहेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।
संवाददाता । आइतबार, जेठ १८, २०८२ मा प्रकाशित