Karnali Media
२०८३ असार २ , मंगलबार

पहिलो खेलमा विपिनको उत्कृष्ट प्रदर्शन, ७ ओभर मेडन राख्दै ३ रन खर्चिए



सुर्खेत । सुर्खेतमा जारी टिबी शाह मेमोरियल कप यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा कर्णाली प्रदेशका कप्तान विपिन प्रसाद शर्माले उत्कृष्ट प्रदर्शन गरेका छन्।

मधेश प्रदेशविरुद्धको पहिलो खेलमा विपिनले १० ओभरमा ३ रन खर्चेर २ विकेट लिएका छन्। १० ओभर बलिङ गर्ने क्रममा उनल ७ ओभर मेडन राखेका थिए।


उनको उत्कृष्ट बलिङले मधेश प्रदेश २ सय १४ रनमा अलआउट भएको छ।

अहिले कर्णाली प्रदेशले ब्याटिङ गरिरहेको छ।

प्रकाशित मिति : २०८२ जेठ १९ गते सोमबार