Karnali Media
२०८३ असार १४ , आइतबार

सई रावलको फोटो टप ३१ मा, पिपुल्स च्वाईस अवार्डका लागि मनोनित



नेपाल पुलिस स्कुल सुर्खेतमा कार्यरत सई अमित रावलको फोटो राष्ट्रियस्तरको फोटो प्रतिस्पर्धा चौथो नेपालगंज फोटो फेस्टिवलमा  उत्कृष्ट ३१ मा छनौट भई पिपुल्स च्वाईस अवार्डका लागि मनोनित भएको छ ।

अन्तराल मिडिया ग्रुप द्वारा आयोजना हुन लागेको  चौथो नेपालगंज फोटो फेस्टिवलमा देशै भरीबाट आएका फोटोहरु आव्हान गरिएको थियो । प्रतिस्पर्धाका लागि आएका हजारौ फोटोहरु मध्यबाट रावलले खिचेको फोटो शिर्ष ३१ भित्र छनौट भई पिपुल्स च्वाईस अवार्डका लागि मनोनित भएको हो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर १ मा जन्म भई, नेपालगंजलाई आफ्नो कर्मथलो बनाउदै आएका ४० वर्षिय अमित रावल बिगत १९ बर्ष देखी प्रहरी सेवामा आवद्ध छन । जागिरे जिवनमा प्रहरीको नियमित डिउटी गरेर कहिले काँही हुने फुर्सदको समयमा वाईल्डलाईफ, स्ट्रिट तथा डेली लाईफ, स्पोर्टस फोटोग्राफी गर्न रुचाउने बताउछन् ।

पछिल्लो समय रावल कर्णाली प्रदेशका पर्यटकिय क्षेत्र तथा नेचर कनजर्भेसन विधाका फोटोहरु खिच्ने गरेको बताउछन । कर्णाली प्रदेश पर्यटन एवं प्रकृतिको अथाह सम्भावना भएको प्रदेश रहेको  र यसलाई फोटोग्राफिको माध्यमबाट संसार भर चिनाउन सबैले लाग्नु पर्ने बताउछन ।

यसै प्रतियोगिताको दोश्रो संस्करणमा रावलले खिचेको दिक्षान्त समरोहका पसिनाले ओतप्रोत भएका मन्दमुस्कान सहित उभिएका प्रशिक्षार्थी प्रहरी जवानको फोटो नेपाल स्माईल शिर्षकको विजेता हुन सफल भएको थियो । रावलले प्रदेश प्रहरी कार्यालय सुर्खेतको प्रहरी दिवश, लागऔषध विरुद्ध लालटिन लगायत विभिन्न कार्यक्रमहरुमा समेत फोटोग्राफि गर्ने गरेका छन् । प्रहरी जनताको सम्बन्ध सुधार गर्नका लागि समेत प्रहरिले गर्ने जनसेवाहरुको फोटो एक सशक्त माध्यम हुन सक्ने रावल बताउछन् ।


ईसेवासँगको सहकार्यमा मिति २०८२ जेष्ठ १९ गते सोमवार देखि अनलाइन भोटिङ खुला गरिएको छ। सवैभन्दा बढी भोट प्राप्त गर्ने फोटोले पिपुल्स च्वाइस अवार्ड जित्नेछ।भोटिंगकाका लागि ईसेवा एप मार्फत भोटिंगमा गई 4th Nepalgunj Photo Festival को १३ नं.को फोटोलाई  भोट गर्न सकिनेछ ।

प्रतिस्पर्धाका लागि आएका फोटोहरु मध्ये बरिष्ठ फोटो पत्रकार विकास कार्की संयोजक , बरिष्ठ फोटोग्राफर रमेश मल्ल र फोटो पत्रकार केशव थोकर सदस्य रहेको निर्णायक समितिले १ सय ११ फोटो छनौट गरिसकेको छ ।

९ वटा विधाको उत्कृष्टले नगद ५ हजार सहित प्रमाणपत्र पाउने छन् भने सर्वोत्कृष्ट फोटोले `फोटो अफ द इएर´ अवार्ड पाउनेछ। ५१ हजार १ सय ११ रुपैयाँ नगद सहित अवार्ड प्रदान गरिनेछ ।

असार महिनाको पहिलो साता नेपालगन्जमा आयोजना गरिने फेसटिवलमा यी फोटोहरु प्रदर्शनीमा राखिनेछ । त्यसपछि राजधानी काठमाडौंको नेपाल आर्ट ग्यालरी मा २ दिने प्रदर्शनी गरेर नेपाल फोटो टुरको शुभारम्भ गरिनेछ । टुर सातै प्रदेश पुग्नेछ ।

 

प्रकाशित मिति : २०८२ जेठ २७ गते मंगलबार